२०८१ श्रावण १२
                           

नगरस्तरीय फुटवल प्रतियोगिताको उपाधि ज्ञानमन्दिर माविले जित्यो

चौतारा ,२० माघ
दोस्रो चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय ७ ए साइड फुटवल प्रतियोगिताको उपाधि ज्ञानमन्दिर नमुना मावि मेलचौरले जितेको छ । शनिबार भएको फाईनल खेलमा ज्ञानमन्दिर नमुना मावि मेलचौर र सेतीदेवी मावि स्याउले बिच दुई—दुई बराबर गोल भएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटबाट ज्ञानमन्दिर नमुना मावि मेलचौरले उपाधी हात पारेको हो।

प्रतियोगिताको विजयी टिम ज्ञानमन्दिर नमुना मावि मेलचौरले नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ। उपविजेता सेतीदेवी मावि स्याउलेले २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएका थिए भने प्रतियोगिताको उत्कृट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र सर्वाेत्कृष्ट खेलाडीले ट्रफी पुरस्कार पाएका छन् ।

बिजेता तथा उपबिजेता टिमलाई चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, ५नम्बर वडाध्यक्ष शिव श्रेष्ठ ,१३ नम्बर वडाध्यक्ष रामप्रसाद गौतम र आयोजक टिमले पुरस्कार वितरण गरेका छन् । चौतारा स्पोर्टिङ क्लवद्वारा आयोजित प्रतियोगितामा चौतारा नगरका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्