२०८१ श्रावण १२
                           

३६ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

चौतारा – गत पुष ३ गतेबाट सुरु भएको योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारामा सञ्चालित ३६ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमबीच नगरपालिकाकी उपमेयर सीता थापाले समापन गर्नु भएको हो ।

सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकास देखिने विकास भएको भन्दै योग, ध्यान र प्रणायम नदेखिने विकास भएको बताउनुभयो । देखिने विकासले भन्दा नदेखिने यस्ता प्रकृतिका विकासले मान्छेलाई अधिकतम खुशी र शान्ति प्राप्त हुने उहाँको तर्क थियो । धन एश्वर्यले मात्र मान्छेलाई खुशी र सन्तुष्ट पार्न सक्दैन उहाँले भन्नुभयो त्यसैले खुशी, सन्तुष्टि र शान्ति खोज्न मान्छेले अनेकौं माध्यमहरु खोजिरहेका हुन्छ र योग, ध्यान नै त्यो माध्यम हो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, प्रशिक्षक साध्वी देव कृपा, पतञ्जली योगका कमल घिमिरे, पतञ्जली योग समिति सिन्धुपाल्चोकका अध्यक्ष कमलकृष्ण अधिकारी, शिक्षा समन्वय इकाइ प्रमुख कृष्ण सुवेदी, समाजसेवी ध्रुवलाल श्रेष्ठ र योग प्रशिक्षणमा सहभागि योगीहरुको उपस्थिति रहेको थियो ।

स्थानीयस्तरमा नै योग प्रशिक्षक तयार गर्दै स्थानीयलाई नियमित योगाभ्यासमा सहभागि गराउने उदेश्यले चौतारा साँगाचोकगढी नगरपालिका र वडा न ५ को आर्थिक सहयोगमा महिमा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाले योग शिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्