चौतारा ,१९ पुस
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका ५ मा जन्मनुभएका स्व.पिता तुभुमान श्रेष्ठ माता बीजया लक्ष्मी श्रेष्ठका सुपुत्र राजनीति र समाज सेवामा समर्पित रहनु भएका हाल अमेरिका गैरा आवासिय नेपाली रामचन्द्र श्रेष्ठले श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयलाई ५ लाखको अक्षयकोष स्थापन गर्ने घोषणा गर्नुभएको छ ।
बिहिबार विद्यालयको ७७ औं वार्षिक उत्सवका दिन श्रेष्ठले स्वर्गीय पत्नी ज्योती श्रेष्ठको स्मृतिमा ५ लाख रुपैयाँ विद्यालयको उन्नतिका लागि अक्षयकोष स्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्