२०८२ बैशाख १८
                           

लामाे समयदेखि लिन नआएका सेवाग्राहीहरुलाई १५ दिन भित्रमा आफ्नाे राहदानी लिन आउन प्रशासनकाे अनुराेध

सिन्धुपाल्चोक ,पुस १४-जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहदानीकाे लागि निवेदन दिएर लामाे समयदेखि लिन नआएका सेवाग्राहीहरुलाई १५ दिन भित्रमा आफ्नाे राहदानी लिन आउन भनेकाे छ ।

गत असार मसान्त भन्दा अगाडि राहदानीकाे लागि निवेदन दिएका सेवाग्राहीलाई षुस मसान्त भित्रमा लिन आउन प्रशासनले सुचना निकालेकाे छ ।

ताेकिएकाे समय भित्रमा सेवाग्राहीले राहदानी लिन नआए सम्बन्धित स्थानियतहमा पठाउने तयारी गरिएकाे प्रशासन कार्यालयले जनाएकाे छ ।

दस बर्ष भन्दा अगाडिदेखि एम. आर . पि तथा इ-पासपोर्टकाे लागि निवेदन दिएका १५ सय भन्दा बढी राहदानी कार्यालयमा थन्किएका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिनुभयाे।

प्रतिक्रिया दिनुहोस्