२०८२ बैशाख १९
                           

जिल्ला आयुर्वेद अस्पतालद्धारा भोलीबाट मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु हुने

सिन्धुपाल्चोक ,२५ मंसीर

जिल्ला आयुर्वेद अस्पताल सिन्धुपाल्चोकले आज पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोक गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मेयर सापकोटाले परम्परागत देखी चल्दै आएको आयुर्वेद उपचारको दिर्घकालिन महत्व रहेको बताउँनुभयो ।

आयुर्वेद उपचार पद्धती प्रभावकारी रुपमा कार्यन्वयन भएमा जनताले आफै विश्वास गरेर सेवा लिने र अस्पतालको संरचना विस्तार गर्न आफुले पनि पहल गर्ने बताउँनुभयो । नगरपालिकाभित्रका सेवाग्राहीको हितमा काम गर्न आयुर्वेद अस्पतालसंग सहकार्य गर्न तयार रहेको सापकोटाको भनाई छ ।

कार्यक्रममा आयुर्वेद उपचार पद्धतीबाट उपचार हुने र अस्तपालका सेवा प्रवाहका बारे डाक्टर अन्जु कार्कीले जानकारी दिनुभएको थियो । कार्कीका अनुसार भोलीबाट मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रम मार्फत ३० वर्ष माथिका उमेर समुहका महिला तथा पुरुषले स्वास्थ्य परिक्षण गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्