२०८२ असार २
                           

विश्व अपांगता दिवसको अवसर पारेर गरियो मेलम्चीमा अन्तरक्रिया कार्यक्रम

सिन्धुपाल्चोक ,१७ मङ्सिर –  ३२ औं विश्व अपांगता दिवसको अवसर पारेर मेलम्चीमा  अन्तरक्रिया  कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो।

IMG-20231203-WA00051701597111.jpg

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख आईतमान तामाङले प्याकेजको कार्यक्रमहरू नगरपालिकामा आएमा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं तामाङले योग्यता र क्षमता अनुसारका रोजगारीको लागि विभिन्न समयमा आवेदन खुल्ने गरेको बताउादै त्यसमा क्षमता अनुसारको प्राथमिकतामा राखेर नगरले छनोट गर्ने बताउनुभयो ।

मेलम्ची नगरपालिकामा यसै बर्ष बाट साङ्केतिक भाषा प्रयोग गरेने दोभाषे नियुक्ति गर्ने बताउँदै प्रमुख तामाङले बिद्यालयहरूमा दोभाषे चाहिएमा पनि उपलब्ध गराउने उहाँको भनाई थियो । २० गते अपाङ्गता भएका ब्यक्तिहरूलाई घर घरमै गएर स्वास्थ्य सेवा दिने , मेलम्ची नगरपालिकामा अर्काे बर्ष सम्म लिफ्ट जडान गर्ने,अपाङ्गमैत्री र बालमैत्री नगरपालिका बनाउने कुरामा आफुले सक्रिय भूमिका खेल्ने तामाङको प्रतिबद्धता छ । उहाँले पहिलो बर्ष कानुनी कुराहरू सिक्दै गएको भन्दै आगामी दिनहरुमा सबै क्षेत्र समेटेर बिकासका कामहरू अघि बढाउने बताउनुभयो ।  अपाङ्गता भएका व्यक्तिहरुको लागि सहज होस भन्ने हेतुले आगमि वर्ष  टिफ्ट तयार गरिने  समेत बताउनुभएको छ ।अपाँङ्गता भएका व्यतिहरुलाई आत्मनिर्भर बनाउने कुरामा आफूले आवश्यक भुमिका खेल्ने कुरामा जोड दिने र उनिहरुबाट आएका माग अनुसारको तालिम प्रधान गरी दक्ष बनाउन पहल गर्ने कुरामा  प्रतिवद्वताद्ता  जनाउनुभएको छ।

IMG-20231203-WA00061701597115.jpg

त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अपाङ्गता भएका ब्यक्तिहरू पनि अरू सरह क्षमता राख्ने ब्यक्ति भएको बताउनुभयो भने मन्तव्य राख्ने क्रममा पुर्व उप प्रमुख  भगवती नेपालले नेपालले मेलम्ची नगरपालिकाको भवन अपाङ्गमैत्री नभएको भन्दै यस्ता संरचना बनाउँदा आगामी दिनमा ध्यान दिनपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा अपाङ्ग संञ्जाल मेलम्ची नगरपालिकाका अध्यक्ष सोमकुमार दुलालले राज्यले अपांगता भएका ब्यक्तीहरुलाइइ दयाको पात्रको रूपमा हेर्ने गरेको बताउनुभयो । मेलम्ची नगरपालिकाभित्र अपाँङ्गता भएका व्यतिहरुको सङ्ख्या ६सय१ रहेको छ ।

IMG-20231203-WA00041701597111.jpg

यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको छ । कार्यक्रममा ३ जनाको सफलताको कथा सुनाइएको थियो । उनिहरू कसरी अशक्त भए र संघर्ष पश्चात् कसरी सफल प्राप्त गरे भन्ने बिषयमा प्रस्तुती दिइएको थियो । बालकुमारी गिरी,देवकुमारी गिरी र शेरबहादुर तामाङले आफ्नो सफलताको कथा सुनाउनुभएको थियो ।  ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका ब्यक्तिहरूलाई सरकारले दिएको सेवा सुविधा, कानुनी ब्यबस्था लगायतको बारेमा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले प्रस्तुती दिनुभएको थियो ।

यसै अवसरमा आज मेलम्चीमा आयोजना गरिएका तस्बिरहरु ः

IMG-20231203-WA00011701597105.jpg

IMG-20231203-WA00031701597108.jpg

IMG-20231203-WA00101701597121.jpg

प्रतिक्रिया दिनुहोस्