सिन्धुपाल्चोक ,७ मंसिर
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको लागी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई १७ लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।बिहिबार नगरपालिकाले भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा पुगी १७ लाखको चेक हस्तान्तरण गरेका हुन ।
जाजरकोट केन्द्रबिन्दु भइ गएको भुकम्पका कारण सबैभन्दा धेरै जाजरकोट र रुकुम पश्चिम प्रभावित बनेको थियो । भुकम्पका कारण १५७ जनाको मृत्यू भएको छ भने चिसोको कारण पनि ज्यान जानेको संख्या बढ्दो छ ।नगरपालिकाले भुकम्पका कारण घरवार विहिन बनेका नागरीकलाई सहयोग गर्नु मानविय धर्म र कर्तव्य रहेको नगरप्रमुख सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्