सिन्धुपाल्चोक,२७ असोज
बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले अर्थतन्त्रको विकास र गतीको लागी सहकारी महत्वपुर्ण एउटा पाङ्ग्रा तथा टाएर रहेको बताउँनुभएको छ ।शनिवार मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभालाई सम्बोधन गदैँ मन्त्री दुलालले यस्तो बताउँनु भएको हो ।
टाएर नगुडिकन देशको आर्थिक विकास हुदैन जनताको सम्मुनती हुदैन भन्ने मान्यता सरकारले राख्ने गरेको उहाँको भनाई थियो ।
संविधान अनुसार देशलाई समाजवादी राष्ट्र निमार्ण गर्ने भन्ने लक्ष्य रहेको छ । शिक्षा ,स्वास्थ्य रोजगारको सुनिश्चिता होस सबैले आफुलाई परेका आवश्यकताहरु आफ्नै सामर्थेले परीपुर्ती गर्न सक्ने अवस्था होस भन्ने खालको राजनैतिक व्यवस्था ,आर्थिक व्यवस्था हो भन्दै समाजवाद निमार्णको लागी सहकारी सफल हुनुपर्छ सहकारीहरु आफ्नो सिद्धान्त अनुसार चले भने समाजवादको नजिक पुग्न सक्ने बताउँनुभयो । सहकारीप्रति विश्वास राखेर गम्बिरताका साथ काम गर्न आह्वान गर्नुभयो ।
समाजलाई पूँजीमा टेवा पुर्याउन सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले सहकारीका सदस्यहरुले पालना गनुपर्ने नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ,‘सहकारी आर्थिक समृद्धिको एउटा आधार हो, सहि ढंगले सहकारी सञ्चालन गर्दा निम्न वर्गलाई फाईदा पुग्छ भन्ने उदाहरण यो सहकारीले प्रस्तुत गरेको छ । ‘हामीले सानो संख्या र सानो पूँजीबाट सुरु गरेको सहकारीले फड्को मार्नु गौरवको कार्य हो ।’ स्थानीलाई आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यले सुरुवात गरेको सहकारीलाई सबै स्थानीय मिलेर अगाडि बढाउनुपर्नेमा मन्त्री दुलालको जोड छ । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।
साथै आफुले जाने सम्म र बिधेयकले भ्याए सम्म राजनैतिक आग्रह र पुर्वग्रहको आधारमा जनतालाई हेर्नहुदैन भन्ने सिद्धान्त बोक्ने पात्र हु भन्दै आफुले गर्ने व्यवहारमा जनतालाई रानैतिक बिभेद नहुने बताउँनुभयो । विकास निमार्णमा सिमित व्यतिmहरुको सल्लाह र सुझाबमा योजनाबद्ध ढङगले काम गदै आईरहेको समेत उहाँको भनाई छ ।
चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।
झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो ।प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरद हुनुहुन्थ्यो । सस्थाका अध्यक्ष रुपक धिताले संस्थाको स्वीकृत शेयर पुँजी रु १ करोड ५० लाख रहेको जानकारी दिंदै आगमी नीति थता कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष जगतप्रसाद चौलागाँइले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मालिकादेवी सिकाई केन्द्रका अध्यक्ष यज्ञप्रसाद दंगाल, सिद्धि गणेश माविका प्रधानाध्यापक राजकुमार यादव, सुब्बा दुलाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएको कार्यक्रममा उत्कृष्ट कोपिला बचत कर्ता पुजन धिताललाई रु २ हजार नगदसहित पुरस्कृत गरियो भने धनमाया रानामगर, रामजी सापकोटा र सीता नेपाललाई क्रमशः साधरण बचत सम्मान, असल ऋणी सम्मान र सामाजिक सुरक्षा बचत सम्मानले सम्मानित गरियो ।स्तै कक्षा १२ र एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल सुजन दुलाल, सिर्जना दुलाल, विवेक लामिछाने, भूवन चौलागाँई, सूर्य दुलाल आयुश्मा दुलाल, विकेश धिताल, आशिष नेपाल, रोसिना घिमिरे, आस्था श्रेष्ठ, सुस्मिता दुलाल पुरस्कृत गरिएको थियो भने रोशिना घिमिरेलाई थप ५ हजारसहित अध्यक्ष धिताले व्यक्तिगतरुपमा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्