२०८२ असार ३
                           

वार्षिकोत्सवको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा खाद्यान्न सहयोग

चौतारा ,१५ भदौ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाले दृष्टिविहिन भएका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ।शुक्रबार एक कार्यक्रम गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छैठौं वार्षिकोत्सवको अवसरमा श्री वनदेवि माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।


उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुको लागि दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको शाखा प्रबन्धक लक्ष्मण बिष्टले जानकारी दिए । बालबालिकालाई खाध्य सामाग्रीको अभाव नहोस् भन्ने उद्देश्यका साथ खाध्य समाग्री वितरण गरिएको प्रबन्धक बिष्टको भनाई छ ।वनदेबी माध्यामिक विद्यालयमा हाल १० जना बालबालिकाहरु अध्ययनरत रहेका छन्।

सो कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. चौतारा शाखाका कर्मचारी,जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ,प्रधानध्यापक दिपक राई पदाधिकारीहरु ,विभिन्न बैंकका शाखा प्रबन्धक र पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्