२०८२ भाद्र १२

हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढी : सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा

सिन्धुपाल्चोक ८ भदौ – लगातारको अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षतिगरेको छ ।

निरन्तरको वर्ष पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा  छ । बिद्यालयको तल्लो भागमा बाढीले कटान गरेपछि जोखिम बढेको हाे। विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालीका उपाध्यक्ष अप्सरा लामीछानेले बताउनुभयो।

बिद्यालयको पठनपाठन समेत बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले जानकारी दिनुभयो । बिद्यालयमा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज अन्तिम परीक्षा थियो।

बाढिले अहिले पनि बिद्यालयको तल्लो भागमा कटान गर्ने क्रम जारी रहेकोले बिद्यालय उच्च जोखिममा रहेको स्थानीय श्याम सुन्दर लामिछानेले जानकारी दिनुभयो । साथै अहिले बिद्यालयका महत्वपूर्ण समानहरु सुरक्षित स्थानमा सार्ने काम भइरहेको समेत लामिछानेले जानकरी दिनुभयो ।

यस्तै मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउने कार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन ।मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले जानकारी दिनुभयो । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्