२०८१ श्रावण १२
                           

राष्ट्रसंघीय राजनीतिक फोरममा सांसद् सापकोटाको सम्बोधन

अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम एचएलपीएफलाई नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्बोधन गर्नुभएको छ। फोरममा संलग्न अल्पविकशित देश एलडिसी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गर्नुभएको हो ।

उहाले सम्बोधनको क्रममा राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताउँदै उनले त्यसका लागि आन्तरिक स्रोतमात्र पर्याप्त नभएकाले स्रोत उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गर्नुभयो।

सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध गरेको जानकारी विश्व समुदायलाई गराउनु भयो ।मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानुनसमेत निर्माण गरिसकेको जानकारी सापकोटाले दिनुभयो ।उहाँले नेपालको सरकार संसदप्रति जवाफदेही रहेको समेत सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्