आकृती घले-“आज बिहान त आकृती जी को बज्यैको इन्टरभ्यिू हेरेर आएको, तपाइको बज्यै त कत्ति तगडा हुन्। “: शैलेन्द्रसरको वाक्यले म झस्किएकी थिएँ, मेरो बज्यै, अनि उहाँको इन्टरभ्यिूर! मेरो कोहि बज्यै त हुनुहुन्थेन। न्ह नाता गोता पर्ने कुनै बज्यै पो हुनुुहुन्थ्यो कि भनी मानसपलटमा सरर सबैको अनुहार घुमाएर हेरेँ । अहँ कसैको पनि आकृति आउन सकेन। दिमागमा कसैको मुहार आउन नसकेर शैलेन्द्र सरको वाक्यांशको अर्थ नभेटेर अर्थ न वर्थको स्थितिमा पुगेपछि मैले उहाँलाई कर गर्दै सोधेकी थिएँ, भन्नुस न मेरो कुन बज्यै , कहाँको बज्यै अनि कुन इन्टरभ्यू ??
समाज, राष्ट्र, अन्तराष्ट्रिय मामीला, धर्म, संस्कृती र इतिहास, राजनिति, संस्कार, शिक्षा, मानवजिवन हरेक क्षेत्रको अध्ययनमा उत्तिकै दिलजस्वीको साथ अध्ययनमा होम्मीने मेरा आदरणीय मित्र र दाजु शैलेन्द्र चौधरीले दुई वर्ष अगाडि २०७७ श्रावण ३२ गते बिहान , दैनीक जस्तै एक सामान्य कुराकानी झै सुनाउनुभएको विषय थियोे यो। आफूले अध्ययन गरी आफूले सिकेका बुझेका विषयलाई हामी संग सेयर गरे झैँ आजपनि यो विषय हामीलाई सुनाउनुभएको थियो। उहाँबाट सुरु भएको यो सामान्य वार्तालापबाट मैले चिन्ने अवसर पाएको थिएँ, मेरो घले जातीको गौरव, नेपाली छोरीहरुको प्रेरणा र हिम्मतको आधार, निडर, साहासी, प्रस्ट वक्ता, मिहेनती, अध्ययनशिल, कर्मठ, विदुषी विरङगना, मेरो लागी आत्मीय बोजुः भद्रकुमारी घले ज्यूलाई।
शैलेन्द्र सरले त्यसरी परिचय नगराउनुभएको भए, सायदै मेरो ध्यान यो नामप्रति कहिल्यै आकर्षित हुन्थ्यो होला? परिचय संगै बोजुको बारेमा अझै जान्न बुझ्न म भित्र जन्मिएको त्यो कौतुहुलता।। “घले ल्होसारमा बोजुलाई निमन्त्रण दिनुपर्छ है,” सिन्धुपाल्चोक घले समाजको बैठकहरुमा म मेरा अग्रजज्यूहरुलाई भनिरहेको नै हुन्थेँ। उहाँलाई भेट्न पाइ पो हाल्छ कि भन्ने म भित्रको सानो आशाले मलाई सँधै डो¥याइरहन्थ्यो। २०७९ बैशाख १० गते एकैपटक १५१ वटा पुस्तक बिमोचन गरेर बोजुुले फेरी अर्को किर्तिमान राख्नुभयो। उहाँको सफलतामा म गौरान्वीत थिएँ। घले जातिको लागी गौरवान्वित समय, एक जेष्ठ नारीले आफ्नो बुढ्यौली उमेरलाई टक्कर दिदैँ, चाहे के गर्न सकिदैन भन्ने अर्को ज्वलन्त उदाहरण बन्यो यो दिन सारा नेपालीको लागी, साहित्य प्रेमी हरेक साहित्यकार को लागी ।
२०८० असार २० गते, बेलुका मेरो बाबाले मलाई फोन गर्नुभयो र खबर दिनुभयो, ल असार को ३० गते जसरी नी समय मिला है, हामी सबैको लागी विशेष दिन हो त्यो। उसै नि चुपचाप बस्न नसक्ने मेरो दिमागमा फेरी अर्को प्रश्न आयो, हैन के आयो यो ३० गते फेरी । घरमा बाबा मामुको जन्मदिन आउन लागेको छ, तर त्यो अघि त केहि विशेष दिन आए जस्तो त लाग्दैन। बाबाको कुरा सकिने बितिकै सोधिहाँले, हैन के छ र त्यो दिनमारु बाबाले पनि बडो सरप्राइज हुने तरीकाले भूमिका बाधिवरी घले समाजको बैठक, अनी निर्णय सबैको बेलीबिस्तार लगाउँदै बल्ल बल्ल ३० गतेको राज खोल्नुभयो। सरसर्ती क्यालेण्डर हेरेँ, र मोबाइलको टु डु लिस्टमा एड गरेः असार ३० गते, बोजुलाई भेट्ने दिन।
असार ३० गते, बिहान ७ बजे नै हाम्रो परिवारबाट बाबा, मामु, म र छोरी आरीया तयार भइवरी घले समाजले व्यवस्थापन गरेको गाडीमा चढि बानेश्वरको लागी निस्कियौँ। उसै त गाडीमा यात्रा गर्न नसक्ने म, यसपालि भने एकपटक पनि वाक्क वुक्क केही नगरी, दिमागभरी हिजो बेलुका फेरी फेरी डोहो¥याएर हेरेको बोजुको यु ट्युबका इन्टरभ्यिू र गुगल दाजुले देखाएको स्टोरीहरु सम्झिदैँ हामी सिन्धुपाल्चोकका घलेहरु करिब १२ः३० बजेतीर अनामनगरः सेतोपुलः रुद्रमती आधारभूत विद्यालय नजिकै रहेको बोजुको भद्रकुमारी सेवा सदनमा पुग्यौँ।
मेरो जिवनमा पहिलोपटक म यति आदरणीय, सम्माननीय व्यक्तिको अगाडी पर्दै थिएँ। एक नजर बोजीको सेवा सदनतिर दौडाएँ, बोजुले माथीबाट हामीलाई हेर्न आउनुभएको रहेछ। मन ढक्क फुलेर आयो। डर लागे जस्तो, खुसीले लठ्ठ भएजस्तो, रुन रुन मन लागेजस्तो, कस्तो कस्तो।
३ तले बिल्डिङको पहिलो तल्लामा बोजुले तयार पारेको पुस्तकालय हे¥यौँ। बोजुले प्रकाशन गरेको कृतिहरु, घले जातीको इतिहास र बुढ्यौलीको गनथन ले ध्यान तानीरह्यो। त्यसपछि दोस्रो तल्लामा जसै भित्र छि¥र्यौँ, बोजुलाई २०१७ सालदेखी हालसम्म सयौँ व्यक्ति, संस्था, तहबाट भएका सम्मान, प्राप्त उपहारको त्यो सजावट देख्दा, मन झनै गौरान्वीत भएर आयो। एक सामान्य परिवारमा, जनजाति परिवारमा १९८८ सालमा जन्मेर, हुर्केर, समाजको रुढिवादि परम्परा संगै जुध्दै पंचायतकाल देखी हालसम्मको जिवनमा उहाँले गरेको संघर्ष र उहाँको प्रतिबद्धताको बारेमा यस तल्लामा भएका असंख्य सम्मानपत्र, प्रमाणपत्र, ट्रफिले आफै सिंगो इतिहास छर्लगं पारीदियो।
बोजुसंग साक्षात्कार हुदाँको पलः
तेस्रो तल्ला जहाँ बोजुले २०२४ सालदेखी हालसम्म साधारण रंगहरुको प्रयोग गरी निर्माण गरीएका असाधारण, ब्लाक एण्ड ह्वाइट, अमूर्त, मूर्त अनि विभिन्न भावना दर्शाउने चित्रहरु कोरेर सजाइएको थियो हामी ति तस्बिरहरुको अवलोकन गर्दै दंग पर्दै हिडिँरहेका थियौ। त्यहि बिचमा उहाँ आउनुभयो। साना ठूला सबैजनालाई आफैले खादा ओढाएर हामीलाई स्वागत गर्नुभयो। उहाँलाई अभिनन्दन गर्न गएका हामी उहाँको त्यो सादापन, उदारपन, स्नेह र औपचारिकताबाट कृतज्ञ भयौँ। रेस्पेट इज ओन्ड भनीन्छ नी, हो, उहाँले हाम्रो मनमा उहाँप्रतिको सद्भावलाई ह्वात्तै बढाइदिनुभयो, र उहाँप्रतिको हाम्रो सम्मान अझै चुलियो।
कार्यक्रमको सुरुवात भयो, र अन्त्य पनि। कार्यक्रमको दौरानमा, टाढा बाट यात्रा गरी आएका हामी सबैजनाको बसाई, पानी र चिया नास्ताको व्यवस्था, कसैलाई केही भन्नु छ कि, कसैलाई अफ्टेरो पो परेको छ किरु संगै गएका हामीमध्ये कसैले उहाँको छत्रछायाँमा आफ्नो आमाको ममता भेट्नुभयो, कसैले आफ्नो मामाघरको हजुरआमा देख्नुभयो, कसैले कहिले नथाक्ने कर्मठ योद्दा भेट्नुभयो, कसैले चित्रकार, कसैले चुनौतीहरुसंग जुध्ने विराङ्गना, त कसैले प्रेरणाको खानी ।
मैले पनि देखेँ, एउटा सिंगो, जिवित इतिहास। र संगै देखे, उहाँलाई हाल आफ्नो सेवा सदन जोगाउन परेको हम्मे हम्मे, सास्ती अनि लाचारीपन। २०२२ देखी यही स्थानमा बसी सयौँ नानीबाबुलाई हुर्काएर, कर्मठ नागरीक बनाउन सामाजिक सेवामा होम्मीएकी बोजुको इतिहासलाई नबुझी, राष्ट्रिय स्तरबाट संरक्षण गरीनुपर्ने राष्ट्रिय व्यक्तित्वमाथि, एक अग्रजमाथि सरकारी जग्गा, राजाको आसेपासे भएकोले हडेपेको जग्गामा रजाई गर्ने जस्ता तुच्छ लाञ्छनासित ९३ वर्षको उमेरमा चाउरीएका अनी सेतै फुलेका कपाल सहित लड्न तयार बोजुलाई। बोजु भन्नुहुन्छ, मेरो जिवन मैले यो राष्ट्रको लागी अर्पण गरीसकेँ र मैले आफ्नो कृया कर्म पनि आफैले गरीसकेँ। हाल यो जग्गामा मैले विद्यालय संचालन गरीरहेको छु जहाँ देशका विभिन्न स्थानबाट पारीवारीक स्थितिको कारण पढ्न नसक्ने परिवारका बाबु नानीहरुलाई होस्टेलसहित पढ्ने व्यवस्था मिलाइएको छ, , पुस्तकालय छ, जसमा मैले भावी पुस्ता जो संग मेरो भेट हुन नसकेपनि मेरो अनुभव ले सिकाएका कुराहरु बाँड्न मन छ त्यसकोे दस्ताबेजिकरण गरीएको छ। एकपटक भद्रकुमारी सेवा सदन गएर हेर्ने जो कोहिले पनि सिंगो इतिहासको एक अंशलाई साक्षात्कार गर्ने अवसर अवश्य पाउनेछ।
सरकार, कानुन, देश र जनताको हितको लागी हो। जुनै पनि समस्यासंगै त्यसको हलपनि अवश्य हुन्छ। ९३ वर्षसम्म आफूले गरेको त्याग, संघर्ष र समर्पणको धरोहरमाथि डोजर चलाउनु अघि महानगरले सो धरोहरसंगै भएका सम्पूर्ण दस्ताबेजको अध्ययन गर्नु जरुरी छ। सरकारी सम्पत्ति ठहर भएको खण्डमा, हाल उक्त स्थानमा भएका विद्यालय, पुस्तकालय, आर्ट, आश्रम सम्पूर्णको सुरक्षा र स्थानान्तरणको लागी पनि हल खोज्न जरुरी छ। दबाबले हैन चित्तबुझ्दो प्रक्रिया र जबाबले कार्य गरे मात्र देश र जनताको हित हुनेछ।
अन्त्यमा, बोजुप्रति कोटी कोटी नमन। बोजुसंगको साक्षात्कारको लागी अवसर दिनुहुने सिन्धुपाल्चोक लिल फंगलाई विशेष धन्यवाद। बोजुको यस विषम परिस्थितिमा सहि बाटोलाई पछ्याएर, यस समस्याको समाधान गर्न सबैले आ आफ्नो तहबाट सहयोग गरीदिनहुन सबैलाई अनुरोध पनी गर्दछु। हामीले नगरे कसले गर्नेरु अहिले नगरे कहिले गर्ने।
जय देश। जय नेपाल
प्रतिक्रिया दिनुहोस्