चौतारा ,२६ जेठ
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये चौतारा सागाँचोकगढी नगरपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक तथा सार्वजनिक सुनवाई गरेको छ । चौतारा सागाँचोकगढी नगरपालिकाले पनि अन्य स्थानीय तह जस्तै पहिलो प्राथामिकतामा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ भने स्वास्थ्य , शिक्षा , भौतिक पूर्वाधार , आय आर्जन र रोजगारी सिर्जना जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको चौतारा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले २०७९ श्रावन देखि २०८० जेठ २५ गते सम्मको प्रगति विवरण सुनाउँनुभयो ।
स्वास्थ्य विकास
स्वास्थ्य बिमा कार्यक्रम, जेष्ठ नागरीक स्वास्थ्य परीक्षण, सुत्केरी पोषण कार्यक्रम ,महिलाहरुको लागी स्वास्थ्य सम्बन्धी शिबिर , आखाँ स्वास्थ्य परीक्षण , विपन्न नागरीकलाई औषधी उपचार , मानसिक रोगीहरुलाई स्वास्थ्य परीक्षण , खोप किल्लीनिक , विधालय स्वास्थ्य शिक्षा कार्यक्रम , १ हजार ६ सय ८४ जनालाई परिवार नियोजनका विभिन्न सामानहरु उपलब्ध गराएको प्रगती विवरणमा उल्लेख गरीएको छ ।
खानेपानी तथा सरसफाई
नगरपालिकाको एक घर एक धारा कार्यक्रम प्रभावकरी भएको प्रगती विवरणमा उल्लेख गरीएको छ । एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई वडा १ नम्बर देखि १४ सम्म निश्चीत अवधिभरी सम्पन्न गर्ने र सिन्चाई लाई प्राथमिकतामा राखेर काम गदै जाने नगर प्रमुख सापकोटाले बताउँनुभयो ।
वडा नम्बर एक स्थीत स्याउले देखि गुन्सा सम्म १ सय ५३ वडा नम्बर ५ मा हुन्द्रङमा २२ वडा नम्बर ७ नेपानेमा १ सय २० ,वडा नम्बर ९ सिरान्चौरमा ८३ र वडा नम्बर १४ रानीटार देखि असिनेसम्म १०८ गरी ४ सय ८६ वटा धारा निमार्ण गरीएको नगरपालिकाको प्रगती विवरणमा उल्लेख छ ।
भौतिक पुर्वाधार
नयाँ ट्रयाक २० दशमलब १० किलो मिटर निमार्ण कार्य सम्पन्न भएको छ भने ३ सय १० किलो मिटर सडक स्तरोन्नती भएको छ र २ दशमलब १५ किलो मिटर सडक कालोपत्रे गरिएको छ । ५९ वटा सामुदायिक भवन निमार्ण तथा मर्मत गरीएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ मा शहिद स्मृति पार्कको ५० लाख बजेट बिनियोजन गरी निमार्ण भईरहेको ,शंखधर पार्क निमार्णलाई ८ लाख बजेट निमार्ण कार्य सम्पन्न गरीएको उल्लेख गरीएको छ । कृष्ण मन्दिर निमार्ण कार्य भईरहेको छ । बुद्ध पार्कको बाकीँ काम सम्पन्न् गर्न बजेट सुनिश्चत गरीएको ,एउटा खेलमैदान , ट्रस पुल ,झोलुङगेपुल निमार्ण कार्य सम्पन्न भएको उल्लेख छ ।
शिक्षा क्षेत्रमा अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चिताका लागी मोबाईल भर्ना अभियान समेत सञ्चालन गरी आधारभुत शिक्षाका उमेर समुहका शत प्रतिशत बालबालिकाहरुलाई विधालयमा भर्ना गराई बिधालय बाहिर बालबालिका नरहेको घोषणा सबै वडामा गरीएको प्रगति बिवरणमा उल्लेख छ ।
पर्यटन क्षेत्र
पर्यटन क्षेत्र आगामी वर्षको पहिलो प्राथामिकता हुने नगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय पर्यटकीय रूपमा सबैको आकर्षणको केन्द्रको रूपमा विकास हुँदै गएको गौरती मन्दिर ,रानीपोखरी , सुकुटे ,बुद्ध पार्क ,गढी लगाएत विशेष पर्यटकीय स्थलको रूपमा अगाडि बढाउन नगरपालिकाले सम्भाव्यता अध्ययन गरेर प्राथामिकतामा राखेको मेयर कृष्ण प्रसाद सापकोटाले बताउँनुभयो ।
सार्वजनिक सुनुवाई
साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र नगपालिकाले निर्यातलाई जोड दिनुपर्ने लगायतका प्रश्न उठाएका थिए । सहभागीको प्रश्नको सम्बोधन गर्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएपनि लगानी सदुपयाेग हुन नसकेकाे बताउँनु भयो । नगरपालिकाले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे नगरपालिकाले किसानलक्षित कार्यक्रम ल्याएपनि वास्तविक किसान आफूकाेमा आइनपुगेकाे बताउँनु भयो ।
उहाँले भन्नुभयो , ‘किसानलाई दिएकाे अनुदान सामग्री बिक्री भएकाे आवाज उठेकाे छ। त्यस्ता कुराले मलाई भावुक बनाउँछ। नगरलाई समृद्ध बनाउन कृषि क्षेत्र एउटा बलियाे खम्बा हाे। कृषिलाई जाेड दिएपनि किसानले फाइदा लिन सकेका छैनन्।’
नागरीकको आवश्यकतालाई ध्यानमा राखेर आगामी निति तथा कार्यक्रममा समेटदै काम गदै जाने उहाँले बताउँनुभयो । साथै कृषकहरुले उत्पादन गरेका सामान तथा वस्तुहरुको बजारीकरण गर्र्नेेमा आफु पछि नहट्ने प्रमुख सापकोटाको भनाई छ ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा गरेका उपलब्धि र आगामी योजनाहरूको सार्वजनिकीकरण गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्