सिन्धुपाल्चोक ,१० जेठ
वहुविवाह मुद्दाका फरार अपराधी ८ वर्ष पछि पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१।१०।१८ गतेको फैसलाले बहुविवाह मुद्दामा कैद १ बर्ष र जरिवाना रु ५०००।– सजाय भएका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी, गा.पा.वडा नं. ५ अन्थली टोल बस्ने ४१ बर्षका दोर्जे तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।
तामाङलाई ८ वर्ष पछि कार्यालय मातहत ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले जेठ ९ गते पक्राउ गरेको हो । उनलाई बुधबार १० गते सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि अदालतले लागेको कैद ÷ जरिवाना सजाय असुल उपरका लागि आजै कारागार कार्यालय चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्