२०८२ बैशाख १९
                           

बनकरीया जातीको अवस्था बुज्दै : मन्त्री दुलाल

चौतारा ,१२ वैशाख
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले मंलबार अतिलोपोन्मुख बनकरीया जातीको अवस्था बुज्न बसोबास स्थल मनहरी(४, मकवानपुरमा पुग्नु भएको छ। यस बर्ष १० वटा घर प्रदेश सरकारले बनकरीयाको लागि बनाउँदै छ ।


केही घर नेपाल सरकारका तर्फबाट यस अघि नै बनिसकेका छन् । शान्ता बनकरीया मुखिया भएको बनकरीया जातीमा मातृसत्तात्मक सामाजिक व्यवस्था छ । जंगलमा काठको टोड्कामा र केराको पातको छाप्रो बनाएर गिठ्टा भ्याकुर खाएर बस्ने यस जातिलाई २०५२ साल पछि पत्रकार प्रताप बिष्टको पहलमा बस्तिमा ल्याई बसोबास गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्