२०८१ श्रावण १२
                           

सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालियाे

सिन्धुपाल्चोक ,३० चैत

बाहै महिना यातायात सञ्चालन गर्ने उदेश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ।

वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो।

बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो। सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नुका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ। सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन्।

पालिकाभित्रका सडकको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाको भनाई छ। आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने छ अध्यक्ष तिमल्सिनाले भन्नुभयो ‘।बिसाैनि

प्रतिक्रिया दिनुहोस्