२०८२ भाद्र १२

खानेपानीकै लागि नगरबासीले सघर्ष गर्नुपर्ने दिनको अन्त्य आफ्नै कार्यकालमा गर्छु :मेयर सापकोटा

चौतारा ,१०चैत

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेमा एक “एक घर, एक धारा” योजना सम्पन्न भएको छ ।
शुक्रबार १सय ६८ घरधुरीसहित एक विद्यालयमा धाराकाे जडान चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गरि समुदायलाई हस्तान्तरण गर्नुभएकाे छ ।

साे कार्यक्रममा बाेल्दै नगर प्रमुख सापकोटाले नगरबासीलाई स्वच्छ खानेपानीको पहँुचमा पुर्याउन आफूले गरेको संकल्पको सुरुवात स्याउलेबाट सुुरु भएको बताउनुभयो ।

स्याउलेदेखि गुन्सा सम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेपछि स्थानीय खुसी भएका छन् ।

आगामी पाँच वर्षभित्र सबै नगरबासीहरुलाई खानेपानीको पहुँचमा पु¥याउने आफ्नो संकल्प रहेका बताउँदै मेयर सापकोटाले खानेपानीकै लागि नगरबासीहरुले सघर्ष गर्नुपर्ने दिनको अन्त्य आफ्नै कार्यकालमा हुने समेत प्रतिवदता जनाउनुभयाे ।

यस्तै चुनाबी अभियानको क्रममा स्याउलेमा एकघर एक धारा ल्याउने प्रतिबद्धता लाई नगरप्रमुखले पूरा गरेको स्याउले वडा स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष रबिन्द्र शर्माले बताउनु भयो । सरकारको नितिअनुसार यस वडामा स्याउले र गुन्साका जनतालाई एकघर एक धारा योजना आ . व. मा सम्पन्न भएको हाे।

क्रमश सबै बस्तिहरुमा यो कार्यक्रम लाई अघाडी बढाउने चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ का वडा अध्यक्ष श्री युबलाल श्रेष्ठले एक घर एक धारा कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभएको थियो । वडाको बिकासको लागि समुदायको सबै सरोकारवालाहरु मिलेर छलफलका बिचबाट ल्याएका योजनाहरु लाई नगरले खुलेर सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

साथै यो एकघर एकधारा कार्यक्रम नगरको नीति तथा कार्यक्रममा रहेकोले अब यो अभियानको रुपमा नगर भरी नै सुरु हुने र सुरुवात १ न वडा बाट केही बस्तिहरुमा सफलता भएको नगरप्रमुखकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्