२०८२ कार्तिक २

एक महिने स्वास्थ्य सर्वेक्षण र सेवापछि फर्कँदै विद्यार्थीहरु

चौतारा ८ चैत

शारीरिक, मानसिक र आँखा सम्वन्धी स्वास्थ्यको अवस्था, समस्याको पहिचान गरि उपचार गर्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ कार्यक्षेत्र बनाउँदै आएका अप्थाल्मोलोजि विभाग महारागञ्ज मेडिकल क्याम्पस, चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरु बिहीबारबाट फर्कँदै छन् ।

एक महिना अगाडि श्री कृष्ण रत्नगंगा माविका छात्रहरुको आँखा स्क्रिनिङ सेवाबाट विद्यार्थीहरुले आफ्ना सेवा सुरु गरेका थिए ।ब्याचुलर अफ अप्टोमेट्री एकाइसौ ब्याचका यी विद्यार्थीहरुले बुधबार एक कार्यक्रममार्फत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई यस विषयमा संचेतनात्मक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे ।

आफूहरुको अध्ययन र सर्वेक्षणमा आँखा रोगीहरु अस्पताल वा चिकित्सककहाँ जानु भन्दा पनि धामी झाँक्रीकहाँ जाने गरेको जानकारी गराए । स्वास्थ्य विमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने पनि उनीहरुले सुझाए ।
घरघरमा पुगेर खासगरि आँखा स्वास्थ्यको विषयमा अध्ययन र समस्याको बारेमा सर्वेक्षण गर्दै आएका उनीहरुले मंगलबार निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरे । शिविरमा १५४ जनाले आँखा परीक्षण गरेका थिए । दृष्टिदोष, सुख्खा आँखा, छड्के आँखा समस्याका आँखा विरामीहरु ीशविरमा बढी आएको विद्यार्थी टोलि मध्यका चिरञ्जिवि शाहले जानकारी दिए । श्री कृष्ण रत्नगंगा माविमा गरिएको आँखा स्क्रिनिङमा ६३१ ज्ना विद्यार्थीको आँखा जाँच गर्दा ९५ जनामा कुनै कुनै समस्या देखिएको र १० जनालाई रिफर गरिएको शाहले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले सर्वेक्षणसँगै स्वास्थ्य सेवा पनि प्रदान गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिइन् । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले उपचारको पहँुचमा पुग्न नसकि घरमा नै बसीरहेका वडाबासीहरुलाई घरघरमा गएर उपचार सेवा प्रदान गरेकोमा आफू भन्दा पनि सेवा प्राप्त विरामीहरु खुशी भएको बताए ।
मनिला महर्जनले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख थापाले विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्