निर्मल बस्नेत- चैत्र १ – युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७ आैँ साधारण सभाका लागि जिल्ला /नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बार बनाउने सर्बसहमतिले निर्णय गरेकाे छ । महासंघको निति अनुरुप उनि जिल्लावाट सिफारिस भएका हुन् ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष श्री होम बहादुर बस्नेतकाे अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारकाे लागि सिफारिस गरिएको संघकाे अध्यक्ष हाेमबहादुर बस्नेत (राजकुमार) ले जानकारी गराए ।
श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघकाे अध्यक्ष रहँदा थुप्रै प्राकृतिक बिपद्काे सामना गर्नु परेकाे थियाे । बिपद्हरुमा उनले सरकारी निकायलाई निजी क्षेत्रकाे तर्फबाट उल्लेख्य सहयाेग गरेका थिए । संघकाे नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका उनि सबैकाे प्रिय बनेर छाएका थिए । उनि सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल रहदै अाएका छन् ।
प्रतिक्रिया दिनुहोस्