२०८२ बैशाख १९
                           

चाैतारा नगरले गर्याे मानसिक रोग भएकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण

सिन्धुपाल्चोक ,२८ फागुन
चौतारा साँगाचोक गढी नगरपालिकाले नगरभित्र बसोबास गर्ने मानसिक रोग भएकाहरुलाई लक्षित गर्दै नगरकाे सभाहलमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

 

साे स्वास्थ्य परिक्षणमा ८६ जनाकाे सहभागीता रहेकाे थियाे। जसमध्ये महिला ४९ जना र पुरुष ३७ जना रहेका छन् । ८४ जनालाई निशुल्क औषधि र बाकी २ जनालाई परामर्श दिएको छ ।  मानसिक रोग भएकाहरुलाई मानसिक रोग विशेषज्ञ डा. बासु देव कार्कीले चेकजाँच गर्नुभएको थियो ।

परिक्षण गर्न पुगेकाहरुमा सबैभन्दा बढी २६ जनालाई चिन्ता जन्य रोग , १४ जना मनोरोग ,१४ काम्ने राेग र  ५ जनालाई डिप्रेसन भएको पाइएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । मानसिक स्वास्थ्य समस्या भएका तर उपचारका लागी समस्यामा परेकालाई घरमानै गएर परामर्श दिने र औषधि वितरण गर्नेे पुरीले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्