२०८२ बैशाख १९
                           

नारी दिवसको अवसरमा फ्रिडम किड ब्यागसले गर्यो अन्तरक्रिया कार्यक्रम

सिन्धुपाल्चोक ,२४ फागुन
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको बिस्तार ’’ भन्ने राष्ट्रिय मुल नाराका साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ । फ्रिडम किड ब्यागस (सामाजिक सस्था) चौताराले पनि चौतारा सागाँचोकगढी नगरपालिका चौतारा बजार स्थीत कन्चन स्मृति ग्राम विकास पुस्तकालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।


सो नारी दिवसको अवसरमा फ्रिडम किड ब्यागस सस्ंथाले महिला माथी हुने हिंसा, आफ्नो जिवन रक्षा कसरी गर्ने ,सक्षम रहन के गर्न जरुरी छ , बिभिन्न किसिमका हिंसाका घट्ना भएका के गर्ने भन्ने बिषयमा छलफल तथा अनुभब आदन प्रदान गरिएको सो संस्थाकि एम्बेस्टर निर्मला श्रेष्ठले बताउँनु भयो ।


साथै सो सस्थाले १२ जनाको उपस्थीतिमा केक काटेर कार्यक्रम समापन गरिएको छ ।

यसैबिच नारी अवसरमा चौ.सा.ग.ना.पा.वडा नं.१२ साँगाचोक स्थित महिला बालबालीका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कमलको फुल महिला बहुउद्देश्य सहकारी संस्थाको संयुक्त आयोजनामा चौ.सा.ग.न.पा.का उप–मेयर सिता थापा को प्रमुख अतिथ्यतामा जिल्ला प्रहरी कार्यालयका प्रमुख बाल नरसिंह राणा , वडाका वडा अध्यक्ष , महिला सदस्य ,बिभिन्न संघ सस्थाका प्रतिनिधि शिक्षक समाजसेवी, बुद्दिजिबि, स्थानिय आमा समुहहरुको उपस्थितमा बिभिन्न नाराका प्ले कार्ड सहितको मौन प्ले कार्ड प्रर्दशन प्रभादफेरी कार्यक्रम महिला हिंसा सम्बन्धि सन्देशमुलक गित समेत गाई कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्