फागुन २१,सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ । आईतबार इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले रेफ्रिलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
सो उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष नेपालले खेल क्षेत्रको पनि पालिका विकासमा उत्तिकै भुमिका हुने भएकाले हरेक क्षेत्रलाई सरह यसलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । खेल क्षेत्रले पनि पालिका समृद्ध हुने आधार निर्माणका लागि टेवा पुर्याउने भएकाले यसलाई पनि मत्वपुर्ण ढङले हेर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले खेल, खेल जस्तो हुनुपर्ने बताउनुभयो प्रतियोगितामा प्रथम हुनेलाई एक लाख दोस्रो हुनेलाई ६० हजार र तेस्रो हुनेलाई ४० हजारको पुरस्कारको व्यवस्था रहेको इन्द्रावती गाउँपालिकाले जनाएको छ । खेल तीन दिनसम्म सञ्चालन हुने छ । मंगलबार भने समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस्