२०८२ भाद्र १२

मितेरीपुलमा नेपाल र चीनका सिमा सुरक्षा अधिकारीहरूबीच छलफल

सिन्धुपाल्चोक ,४ फागुन
सम्झना कार्की- तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच  Covid-19 पश्चात   मित्र राष्ट्र चिनका सिमा सुरक्षा अधिकारीहरु र नेपाल पक्षका सम्बन्धित सुरक्षा अधिकारीहरुविच पहिलो पटक भौतिक रुपमा परिचयात्मक तथा सिमा नाकामा हुने अपराध नियन्त्रण र अन्य समसामयिक विषयमा छलफल भएको छ ।

भौतिक रूपमा बिहीबार सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूबीच छलफल भएको हो ।

चिनियाँ अधिकारीबिच भएको छलफलमा  तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनी  दुवै देशका स्थानीय अधिकारीबीच दोहोरो कुराकानी भएको छ।आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भए पनि कहिलेदेखि दुईतर्फी नाका सञ्चालन हुने भन्नेबारे सहमति हुन सकिरहेको छैन ।

साथै आउदा दिनहरुमा समेत निरन्तरता दिने लगायत बिषयमा छलफल गरि   बोर्डर काउन्टरपार्टमा बैठक सकिएकाे छ ।
उक्त छलफलमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने,चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुन , सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी, जिल्ला प्रहरी प्रमुख एसपी बालनरसिंह राणालगायतकाे सहभागी रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्