२०८२ असार २
                           

तेक्वान्दोको सिनियर ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चोक ,४फागुन

हिराहरि तेक्वान्दो डोजाङ ,चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा सोफिया श्रेष्ठ उतिर्ण भएको छ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा बिजय तामाङ, निशान ढुङ्गाना, मनिष सापकोटा , राजन दुलाल, अबिनाश कार्की र अनमोल कार्की उतिर्ण हुन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी श्री रामबहादुर घले थियो । ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले लिएको थियो भने सहयोगिमा सिनियर तेक्वान्दो खेलाडी अन्जन पुरी थियो ।

गुरुङ गुरु जस्तो सक्षम प्रशिक्षक पाएकोमा खेलाडीहरुले राम्रोसंग प्रशिक्षण गरि फाइदा उठाउन, ५ न. वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि घलेले सल्लाह दिनुका साथै प्रशिक्षार्थीहरुलाई उतिर्णको लागि शुभकामना दिनु भयो । घलेलेनै साथै अरु भन्दा राम्रो हुन बढी अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्