सिन्धुपाल्चोक ,२६ माघ
बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुखमा नियुत्त भएपछि नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिपक थापा बिहिबार सिन्धुपाल्चोक आउनुभएको छ । प्रदेश प्रहरी प्रमुखका रूपमा रहनुभएका थापा सिन्धुपाल्चोकको अवस्था तथा नागरीकको अपेक्षा सम्बन्धमा जनप्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायसँग सुझाव लिनुभएको छ ।
जिल्लामा बालबालिकाहरु लागुपदार्थको दुरब्यसनी बन्दै गएकोमा सरोकारवालाले चिन्ता ब्यक्त गर्दै सक्रिय र सजक रहन प्रहरीलाई अनुरोध गरेका छन् । कतिपय निजि मेडिकलले ड्रक्स बिक्री गर्ने गरेको तर प्रमाण नरहेको भन्दै शुष्म अनुसन्धान गर्न पनि सहभागीले आग्रह गरेका थिए । त्यस्तै क्रसर संचालन तथा बालुवा उत्खननमा प्रभावकारी अनुगमन र कारवाहि गर्न प्रहरीलाई भनेका छन् ।
सुझावको प्रतिक्रीया दिदै डीआइजी थापाले प्रचलित ऐन र कानुनको अधिनभित्र रहेर कानुनी कठोरता र व्यवहारमा नम्म्रता लागु गर्ने र प्रदेशभर सुरक्षित गर्ने काममा अहोरात्र खटिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।सुरक्षाको हिसाबले प्रदेशलाई रोलमोडलको रुपमा स्थापित गर्ने उहाँले बताउँनुभयो । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई सुरक्षा स्थितिलाई मजबुत बनाउन समेत निर्देशन दिइसकेको डीआइजी थापाले बताउँनुभयोे ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले चौतारा क्षेत्रमा रहेको सिसिटिभि गुणस्तरहिन रहेको गुनासो पटक पटक आएको बताउदै चाडै गुणस्तरीय सिसिटिभी जडानको प्रक्रीयामा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्