चौतारा ,१८ माघ
सम्झना कार्की – चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम जारी छ । बुधबार वडा नम्बर – ६ पिपलडाँडामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम नगरपालिकाका सामाजिक विकास समिति संयोजक रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १ सय ८६ जनाले सेवा लिएको नगर स्वास्थ शाखा प्रमुख शिव पुरीले बताउँनुभयो ।जसमा आँखा परीक्षण संख्या १ सय ०३ जना, मोतियाविन्दु भएको ४ जना, रक्त परीक्षण गरिएको १ सय ५५ जना मध्ये ७ जनामा सुगर बढेको पाईएको छ । क्षयरोगको शंकास्पद २ जना , गर्भवती महिलाको भिडियो x–ray– ३ जना र उच्च रक्त चाप भएको १६ जना थिए ।
कार्यक्रममा जनप्रतिनिधि, डाक्टर, स्वास्थ्यकर्मी, चौतारा आँखा केन्द्रको टिम, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू,पत्राकार लगाएत को उपस्थीति थियो । ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम बिहिवार वडा नम्बर –५ चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा हुने स्वास्थ शाखा प्रमुख पुरीले बताउँनुभयो ।
प्रतिक्रिया दिनुहोस्