चौतारा ,१८ माघ
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड माघ २० गते शुक्रबार जुगल गाउँपालिका आउने भएका छन् । उहाँ जुगल गाउपालिकामा पहिलोपटक श्री रत्न राज्य माध्यमिक बिद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा सम्वोधन गर्नका लागि आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले सोहि दिन चिन सरकारको सहयोगमा निर्मित आवसीय सुबिधा सम्पन्न बिद्यालय भवनको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।उक्त कार्यक्रमको व्यवस्थापनको लागी मंगलबार प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोध, बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, बिद्यालय व्यवस्थापन समिति र बिद्यालयको शिक्षकहरुबिच छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्