२०८१ आश्विन २
                           

भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बने

सिन्धुपाल्चोक,१२ माघ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन् । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गर्नुभएको छ ।

अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष रु १५ लाखको उत्पादन हुने आचार्यले बताउनुभयो । उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ । नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ । ईकागज

प्रतिक्रिया दिनुहोस्