२०८२ बैशाख २०
                           

ईन्द्रावतिद्वारा अँाखाकाे शल्यक्रिया गरेका बिरामिहरुलाई नगद दुई हजार

माघ१०,चाैतारा
सिन्धुपाल्चोककाे ईन्द्रावति गाउँपालिकाले अँाखाकाे शल्यक्रिया गरेका बिरामिहरुलाई नगद दुई हजार सहित कम्बल वितरण गरेकाे छ ।

पालिका अध्यक्ष झम्क नेपालले उक्त पाेषण भत्ता र एकएक वटा कम्बल वितरण गर्नुभएको हाे।अाईतबार देखि ईन्द्रावति सामुदायिक सेवा केन्द्र सिपाघाटमा निशुल्क अँाखा शल्यक्रिया शिविर सञ्चालनमा अाएकाे छ।

अध्यक्ष नेपालले जेष्ठ नागरिक स्वास्थ्य सेवा ,घरदैलो कार्यक्रम ,सुगर प्रेसर भएका बिरामिहरुलाई अाैषधिकाे व्यवस्थापन गरेकाे समेत बताउँनुभयाे ।

प्रतिक्रिया दिनुहोस्