सिन्धुपाल्चोक ,१० माघ
सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्ग पुल निर्माण हुने भएको छ । चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलन्यास गर्नुभएको छ । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपियाँमा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण कार्य भने उपभोक्ता समिति मार्फत हुने गाउँपालिकाका इन्जिनियर बद्री भुजेलले जानकारी दिए । पुल शिलन्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले निर्धारती समय भित्रै पुल निर्माण सकेर स्थानीयलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउनका लागि आग्रह गर्नुभएको थियो ।
गाउँपालिकाको प्राविधिक लगायत अन्य सहयोग जतिबेला पनि गर्न आफुहरु तयार रहेको बताउदै निर्धारीत मिति भन्दा अगाढी पुल निर्माण सम्पन्न गराउन उपभोक्ता समिति र अन्य सरोकारवाल सबै एक हुनु पर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिनुभयो ।
पुल नहुदा वर्षामा दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुदै आएको थियो । सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथी स्टील बिज्र निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्