चौतारा,७ माघ
सिन्धुपाल्चोकमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा रमेश न्यौपाने आउन लाग्नुभएको छ । सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको छ । गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरूको काज सरूवा गर्दा सिन्धुपाल्चोकले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको हो ।
अब सिन्धुपाल्चोकमा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने प्रमुख जिल्ला अधिकारी भएर आउदै हुनुहुन्छ । निवर्तमान प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई पर्षा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बनाईएको छ । खनाल साढे एक वर्ष भन्दा बढी समय देखि सिन्धुपाल्चोकमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्