२०८२ असार १७
                           

शैक्षिक क्षेत्रमा आमुल परिर्वतनको खाचो छ ःप्रदेश सांसद दुलाल

चौतारा ,६ माघ- सम्झना कार्की
बागमती प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले शैक्षिक क्षेत्रमा आमुल परिर्वतनको खाचो रहेको बताउँनुभएको छ ।

उहाँले ज्ञान मन्दिर नमुना विद्यालयको ४७ औ वार्षिक उत्सवमा सम्बाेधन गदै शिक्षा क्षेत्रमा धेरै योगदान गर्नु जरुरी रहेको भन्दै सबै सामुदायिक बिधालयले मिहिनेत ,प्रयास प्रयत्न गरे परिर्वतन सगैँ नमुना विद्यालय लय बनाउँन सम्भव हुने बताउँनु भएको हो ।

हामीले उच्च शिक्षा सम्म पढाउन सक्ने हैसियत बनाउँनु छ , स्वास्थ्य उपचार गर्न सक्ने हैसियत हामीले बनाउँनु पर्ने छ भन्दै राज्यले शैक्षिक क्षेत्र , स्वास्थ्य उपचार निशुल्क गर्न जरुरी रहेको बताउँनुभयो ।

साथै एकातिर देशको आर्थिक देखि उत्पादनको अबस्था कमजोर ,अर्कोतिर आयत बढी निर्यात कमजोर हुदाँ समग्र परिर्वतन गर्ने एउटा आशाको दियो बाल्नु छ ,यो क्षेत्रमा ईमान्दारीताका साथ मिहिनेत गरी काम गर्ने प्रतिवद्धता जनाउँछु दुलालले भन्नुभयो ।

मेलचौरबाट कल्लेरी हुदै जाने सडक ,मेलचौरदेखि आरुबोटे सम्मको सडक स्तरउन्नतीलाई विशेष प्राथमिकतामा राखि पक्की सडकको रुपमा काम अगाडि बढाईने बताउँदै  आफ्नो क्षेत्रमा अरु क्षेत्रको भन्दा बढी, अरुले भन्दा बढी नमुना विकासको काम गर्न योजना रहेको उहाँको भनाई थियो । जनप्रतिनिधिको हिसाबले आफ्नो साथ सहयोग सधै रहिरहने समेत  बताउँनुभयो ।

साथै दुलालाइ प्रतिनिधि सभाको आसन्न निर्वाचनमा निर्वाचित भएकाले विद्यालयको भुतपुर्व विद्यार्थी पनि भएकाले विद्यालयले दोसल्ला ओडाइ सम्मान गरेको छ ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख  कृष्ण प्रसाद सापकोटाले नमुना विधालय बनाउन के गर्नु पर्छ तेस्को लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउँनुभयो ।

शिक्षा क्षेत्रमा नयाँपन  झल्काउँन सबै विधालयमा अनुगमन गरि  टिमले प्रदिवेदन तयार गरिसकेको र आवश्कताको आधारमा सबै विधालयलाई नगरपालिकाको तर्फबाट साथ सहयोग रहिरहने प्रतिबद्धता जनाउनुभयो । नगरका विधालय प्रविधि मैत्री बनाउने योजना रहेको नगर प्रमुख सापकोटाको भनाई छ ।
श्री ज्ञान मन्दिर  नमुना माध्यमिक विधालयले  ४७ आँै वार्षिक उत्सव तथा २७ औ भुतपुर्व अभिभावक भेला कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्