कार्तिक २२ — सिन्धु नेवा खल तथा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिचको साँस्कृतिक संरक्षण तथा प्रवर्धनका लागि मितेरी साइनोको चौथो वर्षगाँठको अवसरमा चौतारामा विशेष कार्यक्रम गरीएको छ । वार्षिक उत्सव एवंम साँस्कृतिक कला प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नपाकी उपमेयर सिता थापाले नेवार समुदायको सँस्कृति संरक्षणका लागि स्थानिय सरकार सधै लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । मितेरी साइनोको प्रशंसा गर्दै थापाले शुभ कामना दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेध निधि खनालले लोप हुदै गइरहेको सँस्कृतिलाई स्थापित गर्न मितेरी साइनोले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले बहुभाषा , धर्म , सँस्कृतिले आफ्नो पहिचान स्थापित गर्न सक्ने भन्दै मितेरी साइनो नेपालका सबै जिल्लामा पुग्न सफल होस भनी शुभकामना दिनुभयो ।
सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्माचार्यले नेवार समुदायको सँस्कृति संरक्षण गरिरहदा अन्य समुदायले समेत आफ्ना पहिचान , संस्कृति खोज्न प्रभावित भएको बताउनुभयो । कार्यक्रममा जातित्व झल्कने भेषभुषा सहित नेवार समुदायका महिला तथा पुरुषहरु सहभागीता थियो । उनीहरुले धिमे बाजा बजाउदै चौतारा बजार परिक्रमा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्