२०८१ श्रावण १२
                           

बिगत बिर्सेर अघि बढ्ने सुनकोसीमा गठबन्धनको उद्घोष

कार्तिक १२ — स्थानीय तह निर्वाचनमा एमाले माओवादीको मिलाप भएको सुनकोसीमा गठबन्धनले  बिगत बिर्सेर अघि बढ्ने बताएका छन् ।  भेलामा मुलतः काङ्ग्रेस र माओवादीका नेता  कार्यकर्ताले स्थानीय तह निर्वाचनमा मिलेर जान नसक्नुको पीडा स्मरण गर्दै त्यसलाई बिर्सेर अघि बढ्ने उद्घोष गरेका हुन् ।


भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा सुबोधले सुनकोसीमा स्थानीय तह निर्वाचनमा भएको एमालेसंगको मिलाप केन्द्रीय नीति विपरीत भएको स्विकार्दै त्यसप्रति आत्माआलोचना गर्नुको विकल्प नभएको बताउनुभयो । “त्यसप्रति पार्टीको तर्फबाट म आत्माआलोचित छु“ उहाँले  भन्नुभयो ।
निर्वाचित भएपछि आफूले साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै  उम्मेदवार सापकोटाले त्यसमा संका नगर्न  आग्रह गर्नुभयो ।  उहाँले गठबन्धनका उम्मेदवारले सामान्य  मतान्तरले जित्दा विपक्षीको मनोबल बढ्ने बताउदै विश्वासको वातावरण बनाएर फराकिलो मतान्तर बनाउन  कार्यकर्तालाई अपिल गर्नुभयो ।

313346540_524427042868644_6661891440800519858_n1667049171.jpg
सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवण कुमार जिसिले गठबन्धनका साझा  उम्मेदवार जिताउन आफूले जिम्मा लिने उद्घोष गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै जिसिले विगतका तितामिठा थाती राखेर गठबन्धनका उम्मेदवार जिताउने बताउनुभयो । “गठबन्धनका उम्मेदवारलाई सुनकोसीको ७० प्रतिशत भोट खस्छ, त्यसको जिम्मेवारी म लिन्छु“ उहाँले  भन्नुभयो ।
नेता भुपेन्द्र थापाले काङ्ग्रेसले ब्यक्तिको नभएर पार्टीको आदेश मान्ने बताउनुभयो ।  क्षेत्र नम्बर १ को प्रदेश सभा ख का प्रत्यक्ष तर्फका उम्मेदवार सरल सहयात्री पौडेलले स्थानीय स्तरसम्म गठबन्धन सहज बनेको अनुभूती सुनाउदै यो गठबन्धनलाई अरु दशकसम्म लैजानु पर्नेमा जोड दिनुभयो ।  स्थानीयतह निर्वाचनमा सुनकोसीमा गठबन्धन हुन नसकेको विषयलाई  बिर्सन आग्रह गर्दै त्यसको संस्थागत राजनीतिक क्षतीपूर्ती हुनेगरी अघि बढ्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।
आफूलाई माओवादी मात्र नभएर साझा उम्मेदवारका रुपमा लिन आग्रह गर्दै उहाँले आफ्नो कार्यकालभरी साझा प्रतिनिधि भएर काम गर्ने बताउदै श्रम बैंक निर्माण गरेर रोजगारीको क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।  काङ्रेसका बागमती प्रदेशका सहमहामन्त्री हरिसरण श्रेष्ठले गठबन्धनको विकल्प नरहेको धारणा राख्दै साझा उम्मेदवारलाई  जिताउने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्