२०८२ बैशाख १९
                           

अस्तब्यस्त चौतारा अस्पताल, सेवाग्राहिको गुनासै गुनासा

दिपक खत्री ,कार्तिक ६ — सिन्धुपाल्चोकको चौतारा अस्पताल रेफर सेन्टर मात्र बनेको र सेवा प्रवाहमा मनपरी गरेको सेवाग्राहिले पटक पटक गुनासो गर्दै आएका छन् । सदरमुकाममा रहेको चौतारा अस्पताल वागमती प्रदेश अन्र्तगत संचालित छ । अस्पतालको सेवामा सुधारको नारा पटक पटक सुनेपनि लामो समयदेखि चौतारा अस्पताल स्वयम ‘कोमामा’ नै रहेको सर्वसाधरणले आरोप लगाउने गरेका छन् । उपचारका लागी सामान्य सामाग्री र विज्ञ चिकित्सक नहुदा जिल्लावासी धुलिखेल वा काठमाडौका अस्पतालसम्म जानुपर्ने बाध्यता छ । कानको सामान्य सर्जरीको लागी अस्पताल पुग्दा सामाग्री नभएको भन्दै आफुलाई काठमाडौको लागी रेफर गरेको सेवागा्रहि लक्ष्मण विष्टले गुनासो गर्नुभयो ।
आर्थिक वर्ष ०७९ र८० को बजेटपछि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । चौतारा अस्पतालको फार्मेसीमा अहिलेपनि निःशुल्क पाईने औषधीको नामावली ७० प्रकारका मात्र रहेको पुरानो वोर्ड राखिएको छ । अझ वोर्डमा निशुल्क भनी लेखिएको औषधीकै अस्पतालले विल काटेर खुलेआम पैसा असुलीरहेको भेटिएको छ । निशुल्क पाईने औषधीको लिष्टमा ४४ नम्बरमा ज्थ्इक्ऋक्ष्ल्भ् द्यग्त्थ्ी द्यच्ब्ःक्ष्म्भ् भनि लेखिएको छ । तर निशुल्क पाईने सो औषधीलाई एक परीमाण बराबर ३३ रुपैयाका दरले विरामिले पैसा तिरेको   उदाहरण हो ।

अस्पतालले सरकारले निशुल्क उपलग्ध गराउने औषधी टेण्डर गरेर खरीद गर्दै आएकोमा थप आन्तरीक स्रोतबाट पनि ति औषधी गरीद गर्ने गरेको छ । सेवागा्रहिले सरकारले निशुल्क भनेको औषधी समेत पैसा तिरेर किनेका छन् । अझ निशुल्क पाईने औषधी अस्पतालले संचालन गरेको फार्मेसीमा नरहेको भन्दै नजिकैका निजि मेडिकलमा जानुपर्ने सेवागा्रहि बताउछन् । निशुल्क औषधीको नाममा अनियमितता मौलाएको चौताराका स्थानिय ठाकुर श्रेष्ठको आंशका छ ।


अस्पतालमा दैनिक स्वास्थ्य परीक्षण र उपचारका लागि सयौ आउने गरेका छन् । अस्पतालमा भर्ना भएर बसेका बिरामिलाई दिने खाना नास्ता झारो टार्ने गरी दिनेगरेको विरामिको गुनासो छ । शौैचाँलयबाट निस्केपछि हात धुने धारोमा पानी हुदैन । एक्स रे , रगत परीक्षण मेसिन जस्ता सामाग्री एक पटक विग्रिएमा लामो समय बन्दैन र सेवाग्राहीले समस्या झेल्नुपरेको छ । भवन निर्माणको क्रममानै रहेकाले सबै खालका विरामिलाई एउटै कोठामा राखेर उपचार हुन्छ । राज्यले जारी गरेको कानुनमा जेष्ठ नागरिकहरुलाई अस्पतालमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरेको छ । तर राज्यले जारी गरेको कानुन चौतारा अस्पतालमा केवल कागजमा सिमित पाएको नेपालका बारका अध्यक्ष समेत रहेका अधिवत्ता भुपेन्द्र थिङले बताउनुभयो । आफुले बुबाको उपचार गर्दा कुनै छुट नपाएको र यसबारे प्रश्न गर्दा अनेक बाहानामा टार्ने काम गरीएको अधिवत्ता थिङ बताउनुहुन्छ ।
योग्य डाक्टर, अत्याधुनिक उपकरण र औजार, सर्वसुलभ सेवा जिल्लाकै अस्पतालमा पाउने आशमा वर्षौदेखि सिन्धुपाल्चोकका नागरीक कुरेर बसेका छन् । अस्पताल व्यावस्थाँपन समिती तथा सरोकार वाला निकायले आवस्यक समन्वय नगर्दा र कर्मचारीतन्त्रले पारदर्शिता नअपनाउदा सेवा ग्राहि प्रत्यक्ष मारमा परिरहेका छन् । न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाको ऐना भएको बताउदै कमजोरी सुधारेर जाने चौतारा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष टंक कार्की बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्