२०८१ श्रावण १२
                           

सि डिभिजन लिक छनौट फूटबल प्रतियोगिताका खेलाडीलाई विदाई

असोज ६ — चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गर्नु भएको छ ।
दोस्रो पटक सि डिभिजन लिक छनौट फुटबल प्रतियोगितामा सहभागिहुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापालेखादा आढाएर विदाई गर्नु भएको हो ।
सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासकालागिनगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनकालागिकुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्तगर्नु भयो । गौरव गर्न लायकखेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेपालपत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिकपूर्वाधारको विकासलाई मात्रनभई खेलकूदलगायतको विकासलाई पनिनगर गौरवको रुपमालिएर योजना बनाउन अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भयो ।
स्र्पोटिङ क्लबका अध्यक्ष सविन श्रेष्ठका अनुसार प्रतियोगिता असोज ९ गते दिनको ३ बजे ग्राम निर्माण बन्धु मण्डलबीच हुनेछ ।
सहयोगी र शुभेच्छुकहरुसँग आर्थिक संकलन गरेर प्रतियोगितामा सहभागि हुन लागेको क्लबका राकेश रानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्