२०८१ श्रावण १२
                           

२२ घन्टा पछि हराएको शिक्षकको उद्धार

असोज २, शनिबार दिउसो नुहाउन जाने क्रममा सिन्धुपाल्चोकको हेलम्बु १ बाट हराएका शिक्षकको उद्दार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टर मार्फत २२ घन्टा पछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो। हेलम्बु गाउँपालिकाको सर्कथली आधारभुत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा लडेर खोलामा बेपत्ता हुनुहुन्थ्यो ।

आज बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले हेलम्बु ठाडो खोला भिरमा अडेकेको अवस्थामा उद्दार गरेको हो । नेपाली सेनाको विशेष टिम परिचालित भएको नेपाली सेना, प्रहरी शसस्त्र र स्थानिय सहित उद्दार गरिएको गोरखबक्स गण चौताराका प्रमुख जनक सिलवालले जानकारी दिए । शुरुमा हेलिकप्टरबाट डोरी खसालेर उनको उद्दार प्रयास गरिएको भएपनि त्यो सफल हुन सकेन । उनी गहिरो खोंचमा अड्किएको कारण हेलिकप्टरबाट उनको उद्दार गर्न सकिएको थिएन । त्यसपछि नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरीका तालिमप्राप्त खोजकर्ताहरूले डोरी लगाएर उनको सकुशल उद्दार गरिएको हो ।

शनिबार साँझसम्म पनि नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले ठाडो खोला भिरबाट आइतबार बिहान मान्छे चिच्याएको आवाज सुनेपछि सोही ठाउँमा रहेको अनुमान गरि उद्दारको काम शुरु गरिएको थियो । ‘बचाउ‚ बचाउ भन्दै गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेको खबर पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय र जनप्रतिनिधि उद्धारमा खटिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्