२०८१ श्रावण १२
                           

पोखरे दुर्घटना अपेडट, घाईते एक जनाको उपचारका क्रममा मृत्यु

असोज १ — शनिबार विहान चौतारा बन्देउ सडक खण्ड अन्तरगत पोखरेमा कार दुर्घट्ना हुदा गम्भिर घाईते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दोलखा जिल्लाका भिमेश्वर न।पा।२ बस्ने बर्ष २२ को राजेश तामाङको उपचारका क्रममा ज्यान गएको हो ।
धुलिखेल अस्पतालमा उपचारका क्रममा लगिएकोमा थप उपचारका लागी केएमसि पठाईएकोमा साढे ४ बजे अस्पतालले मृत घोषण गरेको हो । अर्का एक घाईतेको अवस्था पनि गम्भीर रहेको प्रहरी भनाई छ ।
दुइजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नं।को सुजुकि कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल झरी दुर्घटना भएको हो ।
कारमा सवार दुर्घट्नामा परेका सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गा।पा।२ बस्ने बर्ष ४२ को बसन्त गिरि र ,सोही ठाउँ बस्ने बर्ष ३१ कि प्रतिमा गिरीको अबस्था मध्यम रहेको छ भने कार चालक दोलखा जिल्लाका भिमेश्वर न।पा।२ बस्ने बर्ष २८ को सोनाम तामाङको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्