२०८१ श्रावण १२
                           

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

भदौ ३० —काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ ९ठूलीमाया०, ४४ वर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले जानकारी दिनुभयो।
सावित्री र मीरबहादुर लुदुलुङ तामाङका छोराछोरी हुन् । सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्