२०८२ असार २
                           

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकले स्थानिय सरकारलाई ज्ञापनपत्र बुझाउदै

भदौ २४, अखिल क्रान्तिकारी सिन्धुपाल्चोकले जिल्लाभरका १२ वटै स्थानीय सरकारलाई विभिन्न माग राखि ज्ञापनपत्र बुझाउन सुरु गरेको छ ।

सोहि कार्यक्रम अन्र्तगत शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा र नगर शिक्षा शाखा प्रमुखसमक्ष विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । ‘हामीले गुणस्तरीय शिक्षा, वैज्ञानिक र माटो सुहाउँदो शिक्षा प्रणाली लागु गर्न स्थानीय सरकारलाई झक्झक्याएका हौं’, जिल्ला अध्यक्ष क्षितिज तामाङले भन्नुभयो– ‘ज्ञापनपत्र बुझाउने यो अभियान जिल्लाभर सञ्चालन गरिने छ ।’

समाजवाद उन्मूख शिक्षा प्रणाली लागु गर्न नगरपालिकाले विशेष योजना ल्याई कार्यान्वयन गर्नुपर्ने, जनयुद्धका शहीद, बेपत्ता, अपाङ्ग परिवारका विद्यार्थीहरुको किटान गरी कक्षा १२ सम्मको पठनपाठन निःशुल्क व्यवस्था गरिनुपर्ने, जेहेन्दार र गरीब विद्यार्थीहरुको छनौट गरी विद्यार्थी प्रोत्सहान कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय पाठ्यक्रमलाई सबै विद्यालयहरुमा लागु गर्नुपर्ने, विद्यालय खुल्ने समयमा शिक्षकहरुलाई सामाजिक सञ्जाल ९फेसबुक, टिकटक, युट्युव लगायत० चलाउन पूर्ण निषेध गरिनुपर्नेजस्ता माग राखी ज्ञापन पत्र बुझाईएको जिल्ला सचिव सुवास गौतमले बताउनुभयो ।

सोहि कार्यक्रम अन्र्तगत अखिल   क्रान्तिकारी  सिन्धुपाल्चोकले विहीबार जुगल गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्