२०८१ श्रावण १२
                           

३ वर्षदेखि एउटै कक्षामा विद्याथी , ६ कक्षामा टुङ्गिन्छ पढाइ

दिपक खत्री —भदौ २१, सिन्धुपाल्चोकको जुगल गाँउपालिका २, साङलुङ गाउँ अहिले रित्तो बन्दै छ । साङलुङ गाउँको ठ्याक्कै पारी पर्छ तेम्बाथान गाउँ । तेम्बाथानमा रहेको आधारभुत विद्यालयसम्म हिउँद मै घण्टौँ लाग्ने भीरको बाटो हुँदै विद्यालय पुग्नुपर्छ । वर्खामा त झन् खोला वढ्दा साङलुङबाट विद्यालय आउन सम्भव नै छैन । सद्यै विद्यालय गएका छोराछोरी सकुशल फर्किन्छन् कि फर्किँदैनन् भन्ने डर रहेपछि फुर्वा लामू तामाङको परिवार अहिले तेम्बाथानमा आएको छ । आफ्नो जग्गा बाँझो छाडेर अधियाँमा अर्काको जग्गा कमाउन रहर नभएपनि गाउँ नै खाली भएपछि उनीहरु बसाइ सर्न बाध्य छन् ।


विद्यालयमा बालबच्चाको भविश्य खोज्दै यसरी बसाई सरेर आएका छन् भने तेगा र दीपुका विद्यार्थी तेम्बाथानमा आफन्तकोमा बसेर यहि विद्यालय जान्छन् । तर यो विद्यालय आफै समस्या नै समस्यामा रहेर संचालन गर्नुपरेको अवस्था छ । यो शैक्षिक शत्रमा १ सय जना बालबालिका भर्ना भएका छन् । कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभाव छ । जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्ने, आफूले दिन खोजेको शिक्षा दिन नसकेको शिक्षक साङे निमा शेर्पाको भनाई छ ।


केहि वर्ष अघि सम्म चौँरी गोठ भेटिने यस ठाउँका बालबालिका अहिले गोठ छाडेर विद्यालय जान त थालेका छन् । कक्षा ६ सम्म सुख दुखले पढेपनि त्यो भन्दा माथिल्लो कक्षा पढ्न टाढा जानुपर्छ । यहि कारण यस भेगका द्येरै बालबालिकाको माथिल्लो स्तरको पढाई रोकिएको छ । तेम्बाथान आधारभूत विद्यालय प्रध्यानाध्यापक युवराज शर्मा माथिल्लो कक्षा नहुदा ३ वर्षदेखि एउटै विद्यार्थी कक्षा ६ मा पढिरहेका छन् ।
इो ठाउँ शिक्षामा न्युन गुणस्तर र असमान पहुँचको उदाहरण हो । सिन्धुपाल्चोकको साङलुङ गाउँका मानिसलाई छोराछोरीलाई आधारभुत शिक्षा दिनकै लागि बसाइ सर्नुपरे पनि माथिल्लो शिक्षा दिन समस्या छ । गाउँमा आर्थिक हैसियत राम्रै भएका परिवारहरू छोराछोरी पढाउन शहर गएका छन् ।। तर कतै जान नसक्ने परिवार तेम्बाथानमा गएर अर्काको जग्गा कमाएर छोराछोरी पढाइरहेका छन् । तैपनि मा.वि तहको पढाईको पहुँचमा बालबालिका पुग्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्