२०८१ श्रावण १२
                           

माग पूरा नभए सशक्त आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

लेखापाल र विद्यालय कर्मचारीको अनुरोधमा चौतारा साँगाचोकगढी नगरपालिकाका ५ विद्यालयमा आज पठनपाठन बन्द
भदौ १२ — नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग सहित सुरु गरेको आन्दोलन अन्तरगत आजबाट सामुदायिक विद्यालय बन्द गरेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका भित्रका शिद्धी गणेश मा.वि सानुसिरुवारी, श्री सेती देवी पन्च कन्या मा.वि कुविण्डे, सेती देवी मा.वि ठुलोसिरुवारी, ईर्खू मा.वि इर्खु, सेतिदेवी मा.वि स्याउले लगायतका विद्यालयमा पठनपाठन बन्द भएका छन् । आइतबार चौतारा साँगाचोकगढी नगरपालिका भित्रका लेखापाल र विद्यालय सहयोगीहरु बैठकले नेपाल विद्यालय कर्मचारी परिषद्को निर्णय अनुसार भदौ १२ गते आईतबार देखि भदौ १८ गते सम्म एक महत्व सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकमा नगरपालिका भित्रका ११ मा.वि विद्यालयका लेखापाल तथा शिक्षक र विद्यालय कर्मचारी सहभागि थिए । उनीहरुले आफुहरुको आन्दोलनको कार्यक्रमलाई एक्यवद्धता जनाएर सहयोग गर्न समेत अपिल गरेका छन् ।


यसैबीच नेपाल विद्यालय कर्मचारी परिषद्ले अघि सारेको मागलाई नेपाली शिक्षकहरुको अभिभावक संगठन नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकले पनि समर्थन जनाएको छ ।
विद्यालय शिक्षामा योगदान गर्दै आइरहेका विद्यालय कर्मचारीहरु लामो समय देखि न्यून तलबमा सेवा गर्दै आईरहेको हुँदा हुँदै पनि उनीहरुलाई राज्यले उपेक्षा र अपमान गदै आइरहेको जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकलाई सचिव राजेन्द्र प्रसाद सापकोटा , सह–अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा र अध्यक्ष राजु पराजुलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,“पेशागत संगठनहरु संग सरकारले गरेको पटक पटकको सम्झौता कार्यान्वयन नहुनु र नेपाल सरकारको समग्र शिक्षा प्रणाली र शिक्षक तथा विद्यालय कर्मचारीहरु प्रति उदासिन हुँदै आएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।”


सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट बक्तव्य मार्फत राज्यकोषबाट तलब खाने सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले बृद्धि हुँदा पनि विद्यालय कर्मचारीहरुको तलब बृद्धि नहुनु आफैमा आपत्तिजनक रहेको बताउदै आएका छन्
परिषद्ले संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने पनि माग गरेको छ ।
यस्तै, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रवन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानूनबमोजिम शिक्षकसरहको सेवा सुविधा उपलब्ध गराई उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्नति वृत्ति आदिको प्रवन्ध गरिनुपर्ने र विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने पनि परिषद्का अन्य माग रहेका छन् ।


श्री सिद्धि गणेश मा.वि सानोसिरुवारीका लेखापाल प्रविण चौलागाईले सुरुवातदेखि नै आफूहरुलाई पाखा लगाउँदै गइएको गुनासो गर्नुभयो । आफूहरुलाई राज्यले विभेद गरेको उहाँको आरोप छ ।
गत भदौ १ गतेदेखि नै आफूहरुले माग पूरा गराउनको लागि दबावमूलक कार्यक्रम सुरु गरेको भएपनि आजसम्म सरकारले मागको कुनै सुनुवाई नगरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।
सरकारले आफूहरु सामू सधैं ललिपप मात्रै देखाएको तर माग पूरा गराउनको लागि सरकार गम्भीर नभएको गुनासो परिषद्को छ ।

प्रतिक्रिया दिनुहोस्