२०८२ असार ३
                           

श्री मिलिजुली महिला बचत तथा ऋण सहकारीले यसरी मनायो तीज

भदौ ५,  श्री मिलिजुली महिला बचत तथा ऋण साकोस चौताराले शेयर सदस्यहरुलाई जम्मा गरी भव्यताका साथ तीज पर्व मनाएको छ । हिन्दुहरुको महान पर्व तीजलाई हर्ष उल्लासका साथ मनाउन यस क्षेत्रका महिलाहरु तथा शेयर सदस्यहरुलाई जम्मा गरी तीज पर्व मनाएको हो ।


कार्यक्रममा महिलाहरु रातो सारी लगाएर नेपाली तिज सम्वन्धी लोकगीतमा नृत्य प्रदर्शन गरेका थिए । सिन्धुपाल्चोक चौतारामा रहेको सहकारी संस्थाले आयोजना गरेको तिज सम्वन्धी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उप मेयर सिता थापाले महिलाको अधिकार संरक्षण र सुखदुःख साटासाट गर्ने पर्व तिज रहेको उल्लेख गर्नुभयो । उपप्रमुख थापाले पछिल्लो समयमा तीजको नाममा गरगहना ,कपडा र सजावटी लगाएतका सामानमा ऋण गरेरै भएपनि देखाउने प्रचलन भएकोमा दु।ख व्यतm गदै यो तीजमा आफ्नो जे छ सोहिमा रमाएर तीजलाई तीजकै रुपमा मनाउन आग्रह गर्नुभयो ।संस्थाका अध्यक्ष मिनादेवि श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्