भदौ २, यसपाली मनसुन सक्रिय भएसँगै सिन्धुपाल्चोकका बाढी पीडितकोे दैनिकि थप कष्टकर बनेको छ । सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु ,जुगल ,बाह्रविसे, भोटेकोसी क्षेत्रका बाढीपहिरो पीडितको सुरक्षित ठाँउमा स्थान्तरण हुन सकेको छैन । बाढीले सडक र खेतियोग्य जमिनमा समेत क्षति पुग्दा उनीहरुको दैनिकी बिथोलिएको छ । जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय तहले स्थान्तरण नगर्दा पीडितले कष्टकर जीवन व्यतित गर्नु परिरहेको हेलम्बुकी सुशीला मैनाली बताउनुहुन्छ ।
गत ८ वर्षको अवधीमा सिन्धुपाल्चोकमा गएको जुरे पहिरो, भोटेकोशी वाढी, लिदि र घुम्थाङ पहिरो, मेलम्ची बाढी जस्ता विपदका घटनाक्रमले बिस्तापित बनेका उनीहरुको सुरक्षित स्थान्तरणका लागि प्रशासनले सक्रियता देखाएको छैन । जसका कारण पीडितहरु जोखिम स्थलमै दिनरात काट्न बाध्य छन् ।
सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ । प्राकृतिक विपदले पारेको नोक्सानको मूल्याङ्कन गरी सरकारले पुनर्निर्माणको घोषणा समेत गरिसकेको छ । तर वर्षदिन वित्दापनि अहिलेसम्म पीडितको पुनस्थापना त परको कुरा जोखिममै बसेका पीडितको स्थान्तरणसम्म हुन नसकेको छैन हेलम्बुका अर्जुन भन्डारीको भनाई छ ।
सरकारी निकायले पर्याप्त बजेट नदिएपछि स्थानीय आफैँ सक्रिय भएर पुरेको घर खोतल्ने र बगरलाई एकातिर ठड्याएर नदीको बहाव रोक्ने काममा तल्लीन छन् । तर मध्य वर्षा लाग्दा पनि पीडितलाई सुरक्षित ठाँउ र विपतजन्य सामाग्री उपलब्ध नहुदाँ बासस्थानमा कठिनाई थपिएको हो । संघीय सरकारले बिपत्तग्रस्त जिल्ला घोषणा गरेको एक वर्ष भयो । तर अहिलेसम्म सिन्धुपाल्चोकमा भएको धनजनको क्षतिको तथ्याङसम्म छैन् । सामुदायिक वनमा आफुखुशी बस्न नमिल्ने स्तानीय तहको अगुवाईको केही ठेगान नलाग्दा प्रभावितहरु अन्यौलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्