२०८२ असार ३
                           

प्रेस युनियनका केन्द्रिय सदस्य तामाङ सम्मानित

साउन ३१, तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नेत्र तामाङलाई सम्मानित गरेको छ । बागमती प्रदेशमा तामाङ रेडियो हरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङ लाई सम्मान पत्र प्रदान गर्नुभयो।​​

​​​हेटौंडामा साउन ६ र ७ गते सम्पन्न भएको महाधिवेशनमा तामाङले ७१३ लोकप्रिय मत पाउदै प्रेस युनियनको खुला सदस्यमा निर्वाचित हुनुभएको थियो। तामाङ नेपाल तामाङ पत्रकार महासङघका केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्