साउन १८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर , लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।
राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले चरणबद्धरुपमा आन्दोलन गरिरहेको छ ।
कार्यक्रममा राप्रपाकि निर्वाचित केन्द्रिय सदस्य र्निमला श्रेष्ठले अब देश बचाउने जिम्मा राप्रपाले र सिङ्गो जनताले लिनुपर्ने बताउनुभयो । क्षेत्र नम्बर २कि क्षेत्रिय सभापति कुमारी तामाङले राप्रपाको यो सांकेतिक विरोधलाई सरकारले वेवास्ता गरेमा ठुलो क्षति बेहोर्नपर्ने बताउनुभयो । यथासिघ्र मेलम्ची इन्द्रावति बाढी प्रभावितको माग र पार्टिले उठाएका मागको सम्बोधन नभए चर्को आन्दोलन गर्ने तामाङले चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्