२०८२ भाद्र १३

राप्रपाद्वारा मेलम्चीमा विरोध प्रर्दशन

साउन १४- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मेलम्चीमा विरोध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, हिन्दुराष्ट्र र राजसस्था पुर्नस्थापना गर,राष्ट्रघाती नागरिकता विधेयक खारेज गर लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो । कार्यक्रममा क्षेत्र नम्बर २कि क्षेत्रिय सभापति कुमारी तामाङले देशमा भ्रस्टाचार मौलाउँदै गएको, कालोबजारी ,महङ्गि ,चरम कर वृद्धि , मेलम्ची इन्द्रावती बाढी पिडितहरुको लागि पार्टीबाट माग गरिएको ध्यानाकर्षणपत्रलाई समेत सरकारले वेवास्ता गरेका कारण विरोध प्रर्दशन गर्न बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय पार्सद , बोलबहादुर तामाङ , क्षेत्र न २प्रदेस ख का अध्यक्ष गोविन्द गुरुङ लगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा तामाङले बताउनुभयो । हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा विरोध प्रर्दशन गरेको तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व केन्द्रिय सदस्य बद्रि चौलागाई, पूर्व केन्द्रिय पार्सद अम्बर बहादुर पण्डित , क्षेत्र नम्बर २ प्रदेश क का अध्यक्ष एवम् पूर्व केन्द्रिय सदस्य बाबुराम खड्का ,राप्रपा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष भिम बहादुर गुरुङ चित्र, चौतारा साँगाचोकगढि नगरपालिकाका अध्यक्ष शेर बहादुर ठकुरी लगायतले विरोध र्र्याली पछिको कोणसभालाई सम्बोधन गर्नुभएको पार्टीका आर्थिक विभाग प्रमुख एवम् मेलम्ची नगरपालिकाका मेयर पद्का प्रत्यासि शेष बहादुर तामाङले जानकारी दिनुभयो । राप्रपाले आउँदो १८ गते मेलम्चीमै जनप्रर्दशन गर्ने समेत जनाएको छ ।

राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले अहिले विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्