२०८२ असार २
                           

मध्यभोटेकोसी आयोजनाको अन्तिम मुख्य सुरुङ ‘ब्रेक थ्रु’

साउन १२, सिन्धुपाल्चोकमा निर्माणधिन मध्यभोटेकोसी जल विद्युत आयोजनाको अन्तिम सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ । भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको अन्तिम मुख्य सुरुङ (अडिट) ‘ब्रेक थ्रु’ भएको हो ।
आयोजनाका मुख्य तीन सुरुङमध्ये हेडवर्क्सस्थलमा यसअघिदेखि बन्दै गरेको ३ हजार ६ सय ९८ मिटरको अडिट १ सुरुङ बुधबार दिउँसो छिचोलिएको थियो ।
आयोजनाको अघिल्लो वर्षमा नै मुख्य सुरुङ २ र ३ ब्रेक थ्रु भइसकेको थियो, यो अन्तिम अडिट १ हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले ‘एचआरटी अडिट’ पनि ब्रेक थ्रु भएको बताउदै आन्तरिक तालिकाअनुरूप आवश्यक काम धमाधम भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्