२०८२ असार १७
                           

मेलम्ची हेलम्बु सडक दिनहु अवरुद्ध हुँदै

साउन ७, लगातारको बर्षाका कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रहरुमा क्षति हुन थालेको छ । गएरातिको बाढीले मेलम्ची हेलम्बु सडकको ग्याल्थुम तथा मेलम्ची पाँचपोखरी सडकको राम्चेमा सडक अवरुद्ध भएको छ । गतसाल आएको बाढीले उच्च जोखिममा पारेको नदि तटिय क्षेत्रहरुमा यस बर्ष क्षति हुन थालेको छ ।

मेलम्ची हेलम्बु सडक दिनहु अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागहरुमा पहिरो जाँदा बस्तिहरु जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाएपनि रातिको पानिका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकै बाट खोला बगिरहेको छ जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानियले बताएका छन् ।

अहिले किउल देखि मेलम्ची सम्मका नदि किनार आसपासका नागरिकहरु ढुक्कले सत्न पाएका छैनन् । “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ हामि मर्मत गरिरहेका छौं । केहि समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामि तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौं ”हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्