२०८२ असार २०

पाँच सय मिटर अग्लो भिरबाट झर्ने प्राकृतिक जस्तै लाग्ने कृतिम ड्राईगन झरना

साउन २ — पाँचपोखरी थाङ्पाल गाँउपालिका वडा नं ३ छिम्तीमा निर्माण भएको ड्राईगन झरना अहिले एकाएक चर्चा र चासोको विषय बनेको छ । डरलाग्दो ठाडो भिरबाट लगभग पाँचसय मिटरको उचाईबाट झर्ने यस झरनाले जो कसैलाई पनि अचम्मित बनाउँछ । दुई पहाडको शिरको बिचबाट खस्दै आउने छिम्ती खोलाको वाँया भागको अग्लो छिम्ती भिरबाट झर्ने यस झरना कृतिम रुपमा निर्माण गरिएकोले थप चासो बढ्न थालेको हो । बर्षयाममा धेरै झरनाहरु देखिने हँुदा युवा पुस्ताहरु नयाँ नयाँ स्थानमा रहेको झरनाहरु मा पुगी मनोरञ्जन गर्दै गरेको तस्विर भिडियोहरु सामाजिक संजालहरुमा प्रशस्त मात्रमा भेटिन्छन् । यो झरना पर्यटकको लागी काठमाडौ बाट नजिकै रहेको हुँदा पर्यटकको लागी नयाँ गन्तव्य हुने पाँचपोखरी गाँउपालिका ३ का वडा अध्यक्ष ङिमा छिरिङ तामाङको भनाई छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरीको यात्रा गर्ने क्रममा काठमाडौ बाट ६५ कि.मी को दुरीमा भोतङको छिम्ति सम्म यात्रा गर्नुपर्छ । यातयातको अन्तिम विन्दु छिम्तीमा पुगेर यात्रुहरु ओर्लिने वित्तीकै अब अग्लो भिरबाट खसिरहेको सुन्दर झरना देख्न सकिन्छ । पाँचपोखरी यात्राको क्रममा झरनाको छेउ हुदै भिरको उकालो बाटो चढ्दै यात्रा गनुपर्ने हुँदा यात्रुहरुलाई छुट्टै आनन्दको महशुस गराँउने स्थानिय बताउछन् । सुन्दर हिमाल दोर्जे लाक्पाको दृश्य सहित शान्त र स्वच्छ बाताबरणले गर्दा यहाँ आउने जो कोही पर्यटकहरु लोभिने गर्छन् ।

बगीरहने खोलालाई सदुपयोग गरि पर्यटन व्यवसाय सगै सिंचाई, खानेपानी, हाईड्रो पावार समेत गरी बहुउद्धेश्य बोकी झरना निर्माण गरिएको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनु भयो । उहाँले झरनामा क्यानोनिङ जस्ता शाहसिक खेल गर्नका लागी पहल गरिने पनि बताउनु भयो । झरनाको छेउमै रक क्लाम्बिक गर्नका लागी पनि सफल परिक्षण भईसकेको छ ।

२.५ कि.मी टाढा रहेको चित्र खोलाबाट पानी ल्याई कृतिम झरना बनाउदै खसालेको हो । दुई वर्ष अगाडि अस्थाई कुलो बाट झरनाको सफल परिक्षण गरी दश लाख लागतमा यसको डिपिर तयार गरिएको थियो । गत वर्ष संघिय सरकारको बजेट मार्फत एक करोड उनन्तीस लाखमा टेन्डर आह्वान गरी यसको निर्माण कार्य सुरु गरेको थियो । बहुउद्देश्य यो झरना साउन १ गतेबाट संचालनमा आएपनि यसको बाँकी कार्य निर्माणको क्रममा रहेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले बताउनुभयो ।

गाँउपालिकालाई पर्यटन हब बनाउने उद्देश्यका साथ कार्यहरु अगाडि बढाएकोमा यस झरनाले थप पर्यटक भित्रन धेरै सहयोग पुग्ने गाँउपालिका अध्यक्ष लामाले बताउनुभयो । उहाँले वडा नं ५ मा पनि तोप्केसोङ झरना निर्माण भईरहेको पनि बताउनु भयो । नेपालको घुम्न लायक नयाँ गन्तव्य मध्ये चौधौ नंम्बरमा पर्ने पाँचपोखरी सगै यस क्षेत्रमा धेरै पर्यटकीय स्थलहरु रहेको र यस क्षेत्रहरुमा विकास गर्न सधै लागी परिरहने पनि समेत लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्